साझाका थप तीनवटा बिजुली बस सञ्चालनमा

साझा यातायातले सोमबारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ । साझाले सोमबारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । 

सेवाको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका हुन् । यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि तीनटा बिजुली बसमार्फत सेवा दिँदै आएकोमा आजबाट थप तीनवटा सञ्चालनमा ल्याएको हो । 
सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ ।

साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बाँकी आगामी दिनमा थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताए ।

चीनको सिएचटिसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । चार्जिङ स्टेसनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बस मात्र सञ्चालित छन् । ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १९:३१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया