डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको घटेन

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँ घटाएको हो । 

यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ। पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । 

नेपाल र भारतको सीमामा समान मूल्य कायम गर्ने मान्यताअनुसार सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत् राख्ने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : जेठ २, २०८० मंगलबार २०:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया