ट्र्याक्टरको ठक्करबाट विद्यालय जाँदै गरेका दिदीबहिनीको मृत्यु

पाँचथरमा ट्र्याक्टरको ठक्करबाट बुधबार दिदीबहिनीको मृत्यु भएको छ । 

हिलिहाङ गाउँपालिका-७ का कमल सुवेदीका दुई छाेरी ९ वर्षीया गंगा र १३ वर्षीया पुजनालाई विद्यालय जाँदै गर्दा मे१त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको हाे । 

ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

घटनामा ११ वर्षकी रेश्मा बराइली र १० सोनिया अधिकारी घाइते भएका छन् । उनीहरुको पाँचर अस्पतालमा उपचार जारी छ । 

ट्र्याक्टर चालक फरार रहेकोले खोजी जारी रहेको प्रहरी निरीक्षक कुँवरले बताए ।





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार १७:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया