मुम्बई हमलाका आरोपी राणालाई सुपुर्दगी गर्न अमेरिकी अदालतले दियो अनुमति

सन् २००८ को मुम्बई हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई सुपुर्दगी गर्न सकिने जनाएको छ ।

२६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर ए तैयब अतिवादीहरूले गराएको थियो । राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यी आक्रमणमा पाकिस्तानी मूलका क्यानाडाली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । 

राणालाई मुम्बई हमलामा उनको भूमिकाको लागि भारतले सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा पक्राउ गरिएको थियो ।   

मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित कुल १६६ जनाको मृत्यु भएको थियो । भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाएका बीबीसीले लेखेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ९:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया