सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई सो पार्टीले भ्रष्टाचारविरुद्ध गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् ।
प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।