मनाङ र एपिएफबीच बराबरी, मच्छिन्द्रले न्युराेडलाई हरायाे

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टाेली सशस्त्र प्रहरीकाे एपिएफ क्लबबीच बराबरी भएकाे छ । 

आइतबार त्रिपुरेश्वरकाे दशरथ रंगशालामा भएकाे खेलमा मनाङ र एपिएफले २–२ गाेलकाे बराबरी खेलेका हुन् । मनाङका लागि काेफी कुडाे र सुमित श्रेष्ठले गाेल गरे । एपिएफका लागि नवीन लामा र अर्मान्ड बिडाेमले गाेल गरे ।

याे बराबरीसँगै मनाङ २० खेलमा २४ अंकसहित तालिकाकाे आठाैँ स्थानमा छ । एपिएफ त्यति नै खेलमा २३ अंकसहित दशाैँ स्थानमा छ । 

आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा मच्छिन्द्र फुटबल क्लबले न्युराेड टिम (एनआरटी) लाई २–० गाेलले हरायाे । मच्छिन्द्रका लागि आफिज ओलावाले र सौरभ लिम्बूले गाेल गरे ।

याे जितसँगै मच्छिन्द्र तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । मच्छिन्द्रकाे २० खेलमा ३४ अंक छ । एनआरटी उति नै खेलमा २३ अंकसहित तालिकाकाे नवाैँ स्थानमा छ ।





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १८:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया