कम हुँदै कोरोना भाइरस संक्रमण, आइतबार चारजना मात्रै थपिए

कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र संक्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा संक्रमण देखिएको छ ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा पनि संक्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए । भारतबाट संक्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले संक्रमण घटेको उनले बताए । 

‘भारतमा पनि संक्रमण कम हुन थाल्यो । नेपालमा खोपको प्रभाव देखियो,’ उनले भने, ‘समुदायमा खोप लगाएमा मानिसको संख्यामा धेरै भएकाले संक्रमण पनि सर्न पाएन । त्यसैले संक्रमण घटिरहेको छ ।’
उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको उनले बताए । 

अहिलेसम्म ७० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै तीनजना आइसोलेसनमा, एकजना आइसियुमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ देखापरेपछि संक्रमण बढेको थियो । 





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार २१:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया