एमालेको मतबाट जनयुद्ध स्वीकृत भएकाे प्रमाण पेस गर्दै मीनेन्द्रले भने अध्ययन र मनन गर्नुस्

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले एमाले सांसद योगेश भट्टराईले संसदमा उठाएकाे विषयप्रति उनकाे ध्यानाकर्षण गराएका छन् । भट्टराईले सरकारकाे नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएकाेप्रति आपत्ति जनाएका थिए ।

नेपालको कुनै पनि सरकारी दस्ताबेजमा जनयुद्ध शब्द हालसम्म उल्लेख नभएको, तर नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै उनले आपत्ति जनाएका हुन् । यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको भन्दै उनले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकार गरेमा नेपाली कांग्रेसको अन्त्य हुने दाबी गरेका थिए । 

कांग्रेस नेता रिजालले एमाले समेत सहभागी सरकारले २०६५/६६ मा संसदमा प्रस्तुत गरेर पारित गरेकाे'जनयुद्ध' पदावली लेखिएको नीति तथा कार्यक्रमका सुरूका केही पृष्ठ प्रमाणका रूपमा राख्दै अध्ययन मनन गर्न दिएका छन् ।  रिजालले भनेका छन्, 'सो शब्द हटाइयोस् भन्ने मेरो संशोधन प्रस्ताव एमाले समेतको मतबाट अस्वीकृत भएको थियो।' 





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १६:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया