नेपाल एयरलाइन्सले हप्तामा दुईदिन अष्ट्रेलिया उडान गर्दै


नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले हप्ताको दुईदिन अष्ट्रेलिया उडान गर्ने भएको छ । त्यसका लागि निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय र स्लट पाएको छ।

सिड्नी उडानको लागि निगमले हप्तामा दुई दिनको समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ । 

निगमले अब काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्ने भएको हो । यसका लागि थप प्रक्रिया भइरहेको बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १५:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया