\
नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध नेकपा एकीकृत समाजवादीले थप आन्दोलन गर्ने घोषणा गरेको छ । एकीकृत समाजवादीले बैठक बसेर नक्कली शरणार्थी प्रकरणविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।
बुधवार सम्पन्न मोर्चा संगठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेका हो । संघर्षका कार्यक्रम अनुसार जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्याली र कोणसभा गर्ने निर्णय गरेको छ ।
संघीय राजधानी काठमाडौंमा पनि आन्दोलन गरिने उक्त पार्टीले जनाएको छ । सोही दिन माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगेर सभा गर्ने निर्णय भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।