जापानको मध्य प्रान्तमा गोली प्रहार, तीनजनाको मृत्यु

जापानको मध्य प्रान्त नागानोमा हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी बिहीबार एक महिलाको हत्या गरेको छ । 

सो घटनापछि घटनास्थल पुगेका दुई प्रहरी अधिकारीमाथि निजले गोली चलाउँदा उनीहरुको पनि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए । 

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार २३:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया