प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत ‘आँखामा गाजल’ (भिडियो)

गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् । उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । 

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ । देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छन् । 

गीतको भिडियोमा स्मिता र कुन्साङ बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । सुदीप बरालको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् । 

गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् । ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ, एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु,’  स्मिताले भनिन्, ‘रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझैँ माया गर्नुहुन्छ भन्ने आशा छ ।’ 

उनको  ‘मायालु तिमी कता छौ’, ‘पानी कुवाको’, ‘मालिंगो’लगायत गीत चर्चित गीतमा पर्छन् ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार १९:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया