पिएसजीले ११औँपटक जित्यो लिग वान उपाधि, मेस्सीले तोडे रोनाल्डोको रेकर्ड

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ११औँपटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा स्ट्रासबर्गमा बराबरी खेल्दै पिएसजीले ११औँपटक लिग वान उपाधि जितेको हो । 

स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेले पनि पिएसजी लिग वानको एक खेल अगावै च्याम्पियन घोषित भयो । योसँगै उसले सेन्ट इटिएन र मार्सेले कीर्तिमान तोडेको छ । सेन्ट र मार्सेले १०/१० फ्रेन्च वान उपाधि जितेका छन् ।  

स्ट्रासबर्गविरुद्ध ५९औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । उनले केलियन एमबाप्पेको पासमा गोल गरे । लिग वानमा मेस्सीको यो ३२औँ गोल हो । यो उपलब्धि हासिल गर्न उनले ७४ खेल खेले ।

यससँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई भंग गरे । मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४ सय ९६ गोल पूरा गरेका छन् । रोनाल्डोको नाममा ४ सय ९५ गोल छ । 

पिएसजीविरुद्ध ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गर्दै अंक खोस्दै स्ट्रासबर्गलाई हारबाट जोगाए । योसँगै स्ट्रासबर्ग रेलिगेसन जोनबाट पनि जोगाएको छ ।

यो बराबरीपछि पिएसजीले ३७ खेलबाट ८५ अंक जोडेको छ । १५औँ स्थानमा रहेको स्टार्सवर्गको ३७ खेलबाट ४० अंक छ ।   





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार ६:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया