‘मिष्टर नेपाल २०२३’को काठमाडौं अडिसन शनिबार हुने

‘मिष्टर नेपाल २०२३’ को काठमाडौं अडिसन आगामी शनिबार आयोजना हुने भएको छ । देशको विभिन्न स्थानको अडिसनपछि आयोजकले छनोट चरणको अन्तिम अडिसन काठमाडौंमा गर्न लागेको हो । 

नेपालमा आयोजना हुने पुरुषहरु सहभागी प्रतिष्ठित प्रतियोगिताको काठमाडौं अडिसन शनिबार पानीपोखरीस्थित वालनट बिष्ट्रोमा हुने आयोजक नेक्स्ट मोडल्स्का सिइयो रवि धमलाले जानकारी दिए ।

गत वैशाख २९ गते दमकबाट सुरु भएको पहिलो चरणको अडिसन विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरापछि काठमाडौंमा हुन लागेको हो । सबै अडिसन सकिएपछि प्रतियोगिताका लागि ३० अन्तिम प्रतियोगी सार्वजनिक गर्ने आयोजकको योजना छ । 

यसपटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुँदै छ । प्रयोगक न्युलुक ब्युटिफर लाइफले भएको कारण नामको अगाडि न्युलुक जोडिएको हो । १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाको सहभागिता रहने प्रतियोगितामा ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् ।

आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेस प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशकसमेत नियुक्त गरेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।



देशैभरिका अडिसनबाट छानिएका अन्तिम ३० प्रतियोगीले मात्र  अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइम्बिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जनभन्दा बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटन विकासका लागिसमेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।



‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफू लागिपरेको छु’ धमलाले भने ‘यो वर्ष मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ’ । 

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगिताका लागि आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । 
 

  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १६:१४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया