सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने थापाको दाबी

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा शुक्रबार बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उनले भने, ‘संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।’ 

अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयताका विषयमा राष्ट्रिय जनमत संग्रह गर्नुपर्नेलगायत २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी संघर्षमा उत्रने चेतावनी दिए । 

उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । 

बुधबार ताप्लेजुङबाट सुरु भएको राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार मोरङको उर्लाबारीबाट रतुवामाई, रंगेली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ । 
 





  • प्रकाशित मिति : फागुन १७, २०७५ शुक्रबार १३:१४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया