सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १२ हजार पुग्यो

एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेपछि सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार पुगेको हो ।   

यसअघि गत २१ वैशाखमा छापावाल सुन १ लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।    

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।  

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.०८ डलरले वृद्धि भएको छ । 





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १३:४६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया