नेप्से परिसूचकमा सुधार

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आएकाे छ । साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ५४ अंकले बढेर १ हजार ८७७ दशमलव ५४ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेको थियाे । 

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बिहीबार नेप्सेमा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका १७१ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ कम्पनीकोे सेयरमूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

बिहीबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ६ दशमलव ९४ प्रतिशतले बढेर प्रतिकित्ता ३८६ दशमलव ६० रुपैयाँ पुगेको छ भने विपीडब्ले लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ दशमलव शून्य ८ प्रतिशतले बढेर प्रतिकित्ता ४०२ दशमलव ९० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २३ करोड २१ लाख ३४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार १५:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया