\
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
शुक्रबार राजधानीमा संघले पत्रकार सम्मेलन गरेर शनिबार र आइतबार हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा आयोजना हुनेछ ।
प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपिएफ क्लब सहभागी हुनेछन् । पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी भने सहभागी हुने छैनन् ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताबाट कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।