\
कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेश सभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले आज सदनमा पेस गरेका थिए ।
प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, गणेशप्रसाद उप्रेती, गीतादेवी रेग्मी, भीम पराजुली र राजेन्द्रकुमार राईले उठाएको कुरा र जिज्ञासाको सम्बन्धमा संयोजक अधिकारीले जवाफ दिएका थिए ।
सभामुख बाबुराम गौतमले मस्यौदा संशोधनका निम्ति ७२ घण्टाको अवधि दिइ सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्न समय तोकेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।