मधेश प्रदेशसभा बैठक : संशोधन विधेयक सर्वसम्मतिले पारित

मधेश प्रदेश सभाबाट संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार प्रस्तुत गरेको संशोधन विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो । 

प्रदेशको नामकरण हुनुअघि पारित भएका विधेयकहरूमा प्रदेश नम्बर २ लेखिएकोमा संशोधन गरी मधेश प्रदेश लेखिने तथा मन्त्रालयको नाम परिवर्तन भएपछि नयाँ नामाकरण गर्न संशोधन विधेयक ल्याएको मुख्यमन्त्री यादवले बताए ।

शुक्रबार नै प्रदेशसभामा अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता तथा सिद्धान्तबारे जानकारी गराए । अर्थमन्त्री यादवले आर्थिक संकट चिर्न दिगो फराकिलो एवं समावेशी आर्थिक संवृद्धि हासिल गर्ने बजेट ल्याउने तयारी भइरहेको बताए ।

चालू आर्थिक वर्षमा राजस्व सङ्कुचित भई साधारण खर्च बढेको र पुँजीगत बजेट न्यून खर्च हुँदा, अर्थतन्त्र चलायमान नहुँदा बेरोजगारी बढेको भन्दै मन्त्री यादवले उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार बजेटमा कृषि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यसहितका क्षेत्रलाई प्राथमिकतामा दिइनेछ । 





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार २३:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया