इपिजीको विषय उचालेर दुई मुलुकबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपिजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् । सो विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोबारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए । 

भारतको औपचारिक भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटक–पटक दोहोर्याए । प्रधानमन्त्री दाहालले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन ।’

प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बस्त्रधारण गर्नुपरेको बताए । यसलाई नेपालको सर्वोपरि हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि उनले आग्रह गरे । उनले भने,‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्मविरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रूपान्तरण गर्न सफल भएको दाबी गरे । 





  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार २३:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया