ज्लाटन इब्राहिमोभिचले ४१ वर्षमा लिए संन्यास

एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट संन्यास घोषणा गरेका छन् । उनले सिरी ‘ए’ को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । 

४१ वर्षीय स्विडिस इब्राहिमोभिचले यसअघि नै एसी मिलान छाड्ने घोषणा गरिसकेका छन् । पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र दुवै मिलान क्लबबाट खेलेका उनले क्लब फुटबलमा ५११ गोल गरेका थिए । 

उनले नेरदल्याण्ड्स, इटली, स्पेन र फ्रान्स गरी चार देशमा लिग उपाधि जितेका थिए । 

सन् २०११ मा एसी मिलानबाट सिरी ‘ए’ उपाधि जितेको इब्राहिमोभिच २०२० मा फेरि मिलान पुगेका थिए । यस सिजन चोटका कारण उनले चार खेल मात्र खेले । 

इब्राहिमोभिच स्विडेनका सर्वाधिक गोलकर्ता हुन् । उनले आफ्नो देशका लागि ६२ गोल गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ९:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया