\
जनता समाजवादी पार्टी (जसपा) नेपालले आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ । टेकुस्थित मसला कटेज रेष्टुरेण्ट एन्ड ब्याङ्क्वेटमा सोमबार दिउँसो ४ बजेदेखि अन्तरक्रिया हुने जनता समाजवादीले जनाएको छ ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेता तथा आर्थिक विषयका जानकारको सहभागिता रहने पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।