खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

तीनदिने प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । प्रधानमन्त्री आजै हेलिकोप्टरबाट खप्तड पुगेका थिए । 

सम्मेलन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले  खप्तड सुदूरपश्चिम प्रदेशको मात्र नभएर नेपालकै अलाैकिक भूमि भएकाले यसको थप पर्यटन प्रवद्र्धन र अन्य व्यवस्थापनको लागि आफूले उच्च प्राथमिकता दिने बताए । 

सम्मेलनले खप्तडको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र महत्व बढेको बताउँदै उनले यसको समग्र विकासको लागि विज्ञहरुसँग राय प्ररामर्श गरी अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रूपमा विकास गर्नेमा जोड दिए । 

कार्यक्रममा योगगुरु रामदेवले खप्तडलाई धार्मिकस्थलका रूपमा थप अगाडि बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताए । 

कार्यक्रममा बोल्ने व्यक्ताहरुले खप्तडको धार्मिक तथा पर्यटकीय विकासले देशकै अर्थतन्त्रमा सुधार गर्ने हँुदा यसलाई अन्तर्राष्ट्रिय आध्यात्मिकस्थलका रूपमा विकास गर्न सबै निकायले आफ्नो ठाउँबाट साथ सहयोग रहनुपर्नेमा जोड दिए । 



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सम्मेलन आयोजक समिति मूल समारोह समितिका अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, प्रदेश प्रमुख देवराज जोशी, योगगुरु रामदेव, आचार्य बालकृष्ण लगायतको उपस्थिति छ ।

सो सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकी प्रदर्शन गरिएको थिए । सो अवसरमा योग अभ्यास पनि हुनेछ । सम्मेलनपछि भारतलगायत विदेशी मुलुकबाट पर्यटक आउने अपेक्षा गरिएको छ ।



  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार १८:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया