\
बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे स्पष्टीकरण माग गर्ने भएको छ । जसका लागि बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ ।
बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।
‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौँ,’ विदेश राज्यमन्त्री आलमले भने ।
भारतको नयाँ संसद् भवनमा राखिएको उक्त नक्सा २८ मेमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।
नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी तथा पाकिस्तानको तक्षशीलालगायत भू–भाग समेटिएको छ । भारतको उक्त कदमको अहिले विरोध भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।