१४ दिने छोराको हत्या आरोपमा बाबु पक्राउ

बारामा आफ्नै १४ दिनकाे छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् । जेठ १४ गते बेलुका आफ्नैछोराको हत्या शिशुको हत्या गरेर फरार रहेका आरोपित बुवा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले एकजना पुरुषलाई पक्राउ गरेको जानकारी दिएका हुन्। प्रहरीले बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराले उनलाई पक्राउ गरिदिन  पत्राचार गरेपछि प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट मंगलबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई थप अनुसन्धानका लागि बारा पठाएको छ।





  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार १७:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया