अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न नेपाली र चिनियाँ नागरिक पक्राउ

अवैधरूपमा कल बाइपास गर्ने एक नेपाली र एक चिनियाँ नागरिक ललितपुरबाट पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार चिनिया नागरिक ३२ वर्षीय झाओ जियाङपेङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भई काठमाडौं महानरगपालिका–१६ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ पक्राउ परेका हुन् । 

ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनीरूपमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो ।
 
सोहीक्रममा खरिबोटस्थित घर भाडामा लिई नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिएर अवैधरूपमा कल तथा एसएमएस बाइपास गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट ३ हजार ७ सय थान प्रयोग गरेका र नगरेका एनसेलको सिम बरामद गरिएको छ । यस्तै, झन्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न मुलुकका पैसा पनि फेला परेको छ । उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट आज म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार ६:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया