पञ्चायत कालीन बजेटको पुनरावृत्ति भयो : गुरुङ

नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायत कालीन बजेटको रुपमा पुनरावृत्ति भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने जति अधिकार नदिइएको बताए ।

उनले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्याइन्थ्यो अहिले पनि त्यस्तै देखिएको उल्लेख गरे। उनले बजेट पञ्चायत कालीन र बहुदलकालिन बजेटको पुनरावृत्तिको रूपमा आएको बताए । उनले स्रोत व्यवस्थापन र बजेट वितरणका हिसाबले बजेट एकात्मकतावादी रहेको बताए । बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उनको भनाई छ । 

‘आज हिसाब गर्दा खेरी कार्यकारी अधिकार, राज्य शक्तिको अधिकार, राजकीय सत्ताको अधिकार प्राप्त गरेको सरकारहरूले जो सँग आर्थिक अधिकारहरू पनि छ । त्यस्तै अधिकार पाउने कुराको हिसाब गर्दा खेरी यो बजेटलाई पञ्चायतकालीन बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ’, उनले भने, ‘यो बजेटलाई बहुदलकालको बजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ । यो कुनै प्रगतिशील बजेट होइन । यो समाजवादको यात्रा तय गर्नका लागि डिपार्चर गर्ने बजेट होइन । म यहीँ कुरा निवेदन गर्न चाहन्छु ।’

उनले बजेट प्रगतिशील नभएको उल्लेख गरे । प्रगतिशील कर प्रणाली पनि नभएको उनले बताए । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उनले बताए । 





  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १५:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया