सर्वोच्च अदालतको आदेश- प्रचण्ड र बाबुरामविरुद्धको रिट दर्ता गर्नू

माओवादीका पूर्वलडाकु लेनिन विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  

सर्वोच्च अदालतले यसअघि नै विष्टले दायर गरेको रिट दरपीठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको शुक्रबारको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।  

पूर्वलडाकु विष्टले आफूलाई बालसैनिकको रूपमा दुरुपयोग गरेको भन्दै रिट दायर गरेका थिए । उनले तत्कालीन सशस्त्र युद्धका नेताद्वय दाहाल र भट्टराईमाथि कारबाही हुनुपर्ने रिटमा उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १६:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया