स्वास्थ्य विश्वविद्यालयको माग गर्दै कैलालीमा हड्ताल, लामो दूरीको यातायात ठप्प

सुदूरपश्चिममा कैलालीलगायत जिल्लामा आज आमहड्तालको आह्वान गरिएको छ । गेटामा निर्माणाधीन भवनमा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै आमहड्ताल गरिएको हो । 

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालानार्थ संघर्ष समितिले आमहड्तालको आह्वान गरेको हो । हड्तालमा यातायात व्यवसायीले ऐक्यबद्धता जनाएका छन् ।

संघर्ष समितिले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन आयोजना गरेको आम हड्तालमा संयुक्त यातायात व्यवस्थापन मूल समिति कैलालीले ऐक्यबद्धता जनाएको हो । समितिले शैक्षिक, संस्था, व्यवसाय, उद्योग, कलकारखाना ठप्प पार्ने जनाएको छ । 

कैलालीबाट लामो दूरीमा सञ्चालन हुने यातायात सेवा ठप्प छन् । बजारमा फाटफुटरूपमा मोटरसाइकल सञ्चालनमा भइरहेका छन् । यातायात समितिले विज्ञप्ति जारी गर्दै हड्ताल कार्यक्रमलाई कैलालीमा रहेको सम्पूर्ण यातायात प्रालिको निर्णयअनुसार समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।  

नेकपा, गौरीगंगागा उद्योग वाणिज्य संघलगायत थुप्रै संघसंस्थाले पनि आन्दोलनमा समर्थन जनाएका छन् । हड्ताललाई गौरीगंगा उद्योग वाणिज्य संघ र संयुक्त यातायात व्यवस्थापन समितिले पनि साथ दिएका हुन् ।



गौरीगंगा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै नगर क्षेत्रमा रहेका सम्पूर्ण कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय, निजी तथा सरकारी विद्यालयलगायत सम्पूर्ण सेवा बन्द गरिदिन आग्रह गरेको छ ।

यसैबीच गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेका विरोधका कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि ऐक्यबद्धता जनाएको छ ।



नेकपा सेती ब्यूरो कार्यालयका इन्चार्ज भगतसिंह सीले जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय सञ्चालनको मुद्दालाई लिएर जुनसुकैरूपमा गरिने आन्दोलनप्रति पार्टीको पूर्ण समर्थन र सहभागिता रहने उल्लेख गरिएको छ । 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने हड्ताल फिर्ता लिन भन्दै शनिबार विज्ञप्ति जारी गरेका थिए । 

  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार ७:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया