नेकपा कर्णाली : गुलाबजंग शाह प्रमुख सचेतक, सीता नेपाली सचेतक

सुर्खेत– नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गुलाबजंग शाह नियुक्त भएका छन् । 

मुख्यमन्त्री तथा नेकपा प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गरेका हुन् । दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेता तथा मुख्यमन्त्री शाहीले बताए । 

प्रमुख सचेतकमा नियुक्त वनगाड कुपिन्डे नगरपालिका– ६ सल्यान निवासी प्रदेशसभा चुनावमा सल्यानको क्षेत्र ‘क’ बाट निर्वाचित भएका हुन् । 

सचेतकमा नियुक्त लेकबेँसी नगरपालिका सुर्खेत निवासी नेपाली सुर्खेत ‘क’ बाट निर्वाचित भएकी हुन् । प्रमुख सचेतक र सचेतक दुवैलाई नेकपा संसदीय दलको आज बसेको बैठकले चयन गरेको हो । 





  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार २१:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया