फेवाताल मिचेर बनाइएको प्लटिङमा महानगरको डोजर

पोखरा महानगरपालिकाले फेवातालको सिमसार मिचेर बनाइएको प्लटिङमा डोजर चलाएको छ । 

सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन नगर प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको थियो । मंगलबार महानगरबाट गएको नगर प्रहरीको टोलीले दुईवटा डोजर लगाएर प्लटिङ भत्काएको हो । 

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको संयोजकत्वमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखराका मेयर धनराज आचार्यसहितको टोलीले अनुगमन गरेको थियो । 

टोलीले सिमसार क्षेत्र मास्ने गरी धमाधम पुरेर प्लटिङ गरेको भन्दै अनधिकृत कार्य तत्काल रोक्ने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार २१:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया