पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको परीक्षा स्थगित भएको छ । परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो ।

योसँगै इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायत विभिन्न विषयको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

योसँगै असार ३ गते देखि सुरु हुने भनिएको विज्ञान तथा प्रविधि संकायभित्र रहेको बिसिए, बिआइटी आदिको परीक्षा समेत अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । 

परीक्षा व्यवस्थापन कार्यालयमा ताला लागेका कारण परीक्षा स्थगित गर्नुपरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । यसअघि सञ्चालन भइरहेको परीक्षा भने यथावत् रहने बताइएकाे छ।





  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार १६:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया