सुशीला कार्कीको प्रश्न : पेसा गरेर खानुपर्छ भन्ने भावना पोलिटिसियनमा हुनुपर्दैन ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्नेहरुले पनि कुनै पेसा गरेर मात्रै खान पाउने व्यवस्था हुनुपर्ने बताएका छन् । राजनीतिमा जुका जसरी जीवनभर टाँसिइरहने र आफ्नो ३–४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । 

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा राष्ट्रपति भएकाहरुले विभिन्न पेसा अँगालेर अघि बढेको दृष्टान्त पेस गर्दै हाम्रा राजनीति गर्नेहरुमा पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताइन् । राजनीति गर्नेहरु अध्ययनशील हुनुपर्नेतर्फ पनि उनले सचेत गराइन् । 

पूर्वप्रधानन्यायाधीश कार्कीले गरिबले सिटामोल पनि नपाउने, तर नेताहरुले उपचार खर्चको नाममा करोडौँ राज्यकोष दोहन गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने उनको माग छ । उनले भनिन्, ‘कमाएर खानुपर्छ भन्ने भावना पोलिटिसियनमा हुनुपर्छ कि पर्दैन ? राजनीतिमा गएपछि एक अक्षर पनि पढ्दै नपढ्ने, पुस्तक हेर्दै नहेर्ने ?

कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारलगायतका निकाय मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि नबनाएको दाबी गरे । राजनीतिक भागबण्डाको आधारमा ती निकायका पदाधिकारीको नियुक्ति हुने भएकाले त्यसले भ्रष्टाचार नियन्त्रणको काम गर्नै नसक्ने उनको तर्क थियो । 

त्यस अवसरमा उपाध्यायले संविधानमा पनि भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई राजनीतीकरण गर्न प्रशस्तै ठाउँ दिएको स्मरण गराइए । 





  • प्रकाशित मिति : असार २, २०८० शनिबार २०:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया