हुम्लामा जिप दुर्घटना : १२ यात्रुले हाम फालेर ज्यान जोगाए, चालकको भने मृत्यु

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भिरबाट जिप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर–२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–१–०२२ च ५१२५ नम्बरको जिप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।  

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जिपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जिपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ ।   

जिप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रममा उनी गम्भीर घाइते भएका थिए ।  





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १५:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया