यो वर्षको महाशिवरात्री किन छ विशेष ?

काठमाडाैं— फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको यो वर्षको अनौठो संयोग बनेको छ । यसपटक महाशिवरात्री सोमबार परेको छ, अर्थात् भोलि । धर्मशास्त्रअनुसार सोमबारको स्वामी चन्द्रमालाई मानिन्छ । ज्योतिष शास्त्रमा चन्द्रमालाई पनि सोम भनिएको छ । र, भगवान शिवलाई  सोमनाथ । त्यसैले सोमबार परेको महाशिवरात्री अत्यन्त शुभ मानिएको छ । सोमबार शिवजीलाई पुजा गर्दा भगवान निकै प्रसन्न हुने विश्वास छ ।

यसपटकको महाशिवरात्री सूर्य चन्द्रमाको शिव योग बनेर रहेको छ । यो योग सोमबार दिउँसो १ बजेर ४३ मिनेट गएपछि सुरु हुन्छ । यो कल्याणकारक तथा सफलतादायक योग हो । यसमा भगवान शिवको पूजा गर्दा विशेष फल मिल्ने विश्वास गरिएको छ । यसमा वेदाध्ययन, आध्यात्मिक चिन्तन तथा बौद्धिक कार्य गर्दा शुभ मानिन्छ ।

यसपटकको महाशिवरात्रीमा श्रवण तथा घनिष्ठ नक्षत्र भएकाले सिद्धी तथा शुभ नामको योग पनि बनेको छ । यतिमात्र होइन, तिथी तथा बार तथा नक्षत्र मिलेर सर्वार्थसिद्धि योग पनि बनेको छ । यी तीन शुभ योगका कारण महाशिवरात्रीको पर्व विशेष मानिएको छ । यो शुभयोगमा शिवजीको पुजा गर्दा सफल हुने विश्वास गरिन्छ । 






  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार २१:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया