डोटी पुनः पूर्णखोप सुनिश्चितता घोषणा

डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।  

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

डोटीका सबै पालिका घोषणा गरेपश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो । डोटीलाई १९ जेठ २०७५ मा पहिलोपटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ । 

जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. जगदीश जोशीले बताए ।

पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनुपर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिका जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उपसंयोजक एवं जिल्ला समन्वय समितिका उपसंयोजक स्मृति चुनारा विकले बताउए ।

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्काले सबै स्वास्थ्यकर्मीको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका कर्णधार बालबालिकाले सही समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्यसञ्चालन गर्नुपर्ने खड्काले बताए ।



डोटीमा हाल २ सय ३६ खोप केन्द्रबाट प्रत्येक महिनाको ८ गतेदेखि १२ गतेसम्म र जिल्ला अस्पतालमा १५ गते नियमित खोप सेवा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । 



  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार ९:११:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया