हुम्लाको सर्केगार्डमा आँखा शिविर, ९० जनाको मोतिविन्दुको शल्यक्रिया

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. रीता गुरुङको प्राविधिक टोलीले हुम्लाको सर्केगार्ड गाँउपालिकामा दुई दिने मोतीविन्दु शल्यक्रिया आँखा शिविरको आयोजना गरेको छ । 

असार १ देखि २ गतेसम्म सञ्चालन भएको शिविरमा ४२ महिला र ४८ पुरुष गरी कूल ९० जनाको मोतिविन्दुको शल्यक्रिया र २ सय ४४ जनाको आँखाको जाँच गरिएको थियो । शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चंखेली र सर्केगार्डका आँखा बिरामीले सेवा लिएका थिए । 

तिलगंगा आँखा प्रतिष्ठान र सर्केगार्ड गाँउपालिकाको संयुक्त आयोजनामा सञ्चालित उक्त शिविरको लागि सेवा फाउण्डेसनले पनि आर्थिक सहयोग गरेको थियो । 





  • प्रकाशित मिति : असार ८, २०८० शुक्रबार १७:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया