ललिता निवास प्रकरण चार आरोपितलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार आरोपितलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न ‍‍‍अनुमति दिएको छ । न्यायाधीश वासुदेव पौडेलको इजलासले आरोपितहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा मंगलबार पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतममाथि थप अनुसन्धान गर्न म्याद थपिएकाे हाे । 

मंगलबार पक्राउ परेका अन्य तीन आरोपितलाई भने बाहिरै राखेर अनुसन्धान गर्ने गरी केही घण्टामै रिहा गरिएको थियो ।





  • प्रकाशित मिति : असार १३, २०८० बुधबार १६:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया