गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै गेटमै रोपियो धान

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा सय बेडको अस्पताल सञ्चालन गर्ने भनेपछि आन्दोलनरत सङ्घर्षरत समितिले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको गेटमा धान रोपेको छ । धान दिवसको अवसरमा आज गेटमै खनजोत गरेर धान रोपाई गरेको हो ।

सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत धान रोपेको हो । सरकारले चाडो भन्दा चाडो संसदमा विधेयक पास गरेर ६ सय बेड सहितको स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्नुपर्ने सङ्घर्ष समितिको माग छ ।  सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए । उनले एक महिनादेखि विभिन्न चरणका कार्यक्रम गर्दै आए पनि सरकारको कुनै धारणा बाहिर नआएको बताए ।

सरकारले माघ २९ गते मन्त्रिपरिषद् बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भए पनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शय्याको अस्पताल चलाउने गरी बजेट पास गरेको छ । धान रोपाई कार्यक्रममा स्थानीयहरूको सहभागिता रहेको थियो । 





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार ८:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया