युवाले जिम्मेवारी नलिए कांग्रेस पार्टी इतिहासमा सीमित हुन्छ : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजालले कांग्रेस पूर्खाको योगदानले बनेको पार्टी भएकाले इतिहासको रक्षा गर्न युवा अग्रसर बन्नुपर्ने बताएका छन्। 

कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा ओखलढुंगामा स्वर्गीय नेता राईको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले युवाले जिम्मेवारी नलिए कांग्रेस पार्टी इतिहासमा सीमित हुने बताए । 

रिजालले बलबहादुर राईजस्ता नेताले लडेर ल्याएको प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी रहेको बताए। देशमा प्रजातन्त्र प्राप्तिको लागि बलबहादुर राईको योगदान अतुलनीय रहेको उनकाे भनाइ छ । 

इतिहास मात्रै भजाएर अब कांग्रेस नबन्ने उल्लेख गर्दै उनले भने, 'नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ। यदि युवाले जिम्मेवारी नलिने हो भने कांग्रेस इतिहासको पार्टी बन्ने खतरा छ।’

नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीहरु थप जिम्मेवार बन्न सचेत गराएको बताए।  
कांग्रेसभित्र रुपान्तरणको खाँचो रहेको र त्यो रुपान्तरणका लागि केन्द्रीय स्तरमा आफूहरु लागेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १८:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया