अष्ट्रेलियालाई भारतले आठ रनले हरायो

एजेन्सी– भारतले नागपुरमा भएको अष्ट्रेलियासँगको दोस्रो एक दिवशीय रोमान्चक खेलमा आठ रनले जित दर्ज गरेको छ । यो जितसँगै भारत पाँच दिने वानडे सिरिजमा २—० ले अगाडि भएका छ । 

मंगलबार भएको खेलमा अष्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । क्रिजमा लियोन र मार्कस स्टोइनिस थिए । मार्कस ओभरको पहिलो बलमा नै एलबिडब्लू भएर आउट भए । यो निर्णयमा अष्ट्रेलियाले रिभ्यू पनि लिएको थियो । तर, नतिजा उसको पक्षमा आएन । 

त्यही अन्तिम ओभरको तेस्रो बलमा पनि विजय शंकरले अर्को विकेट लिए । अष्ट्रेलियाको पूरै ब्याट्सम्यान ४९.३ ओभरमा २४२ रनको योगफल जोडेर आउट भयो । खेलमा अष्ट्रेलियाको तर्फबाट स्टोइनिसले मात्र ५० रन कटाए । 

भारतको तर्फबाट कुलदिप यादवले सबैभन्दा धेरै ३ विकेट लिए । भारतले टस हारेर पहिले ब्याटिङ गर्दै २५० रन जोडेको थियो । 

खेलमा भारतीय कप्तान विराट कोहलीले १२० बल खेल्दै ११६ रन बनाए । अरु कुनै पनि भारतीय ब्याट्सम्यानले ५० रन कटाउन सकेनन् । 
 





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार २२:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया