आज चार प्रदेशमा भारी वर्षा, मौसमविद् भन्छन्- बुधबारसम्म सबै प्रदेशमा पानी पर्छ

सोमबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।   

दिउँसो कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने आकलन गरिएको छ । राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

अहिले बिहान कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटोलीले जानकारी दिइन् । उनका अनुसार आजदेखि बुधबारसम्म देशभर वर्षाको सम्भावना छ ।  

वर्षाका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।  

हावाहुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ । 





  • प्रकाशित मिति : असार २५, २०८० साेमबार ७:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया