भारतको सिम्लामा पहिरोले पुरिँदा नेपालका एकै परिवारका तीन जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्लामा पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ । पहिरोमा पारी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीनजनाको मृत्यु भएको हो ।  

सोमबार बिहान १० बजेतिर सिम्लाको क्यारामा आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भीमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए ।  

देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए । यद्यपि पहिरो जाँदा उनी घटनास्थलभन्दा बाहिर नै थिए ।  

‘आर्थिक अवस्था कमजोर भएर ऋण लागेपछि परिवार नै उठेर भारत गएको थियो, जेठा छोरा लोकेन्द्रलाई लिनका लागि यहाँबाट दुईजना मान्छे पठाएका छौँ,’ वडाध्यक्ष खड्काले भने । 

उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो ।   





  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार ७:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया