सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा [लाइभ]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिएको छ । 

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यसअघि आज बिहान नर्भिक अस्पतालमा परिसरमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरू थिए । प्रचण्ड जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका थिए ।

 





 

  • प्रकाशित मिति : असार २७, २०८० बुधबार ११:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया