प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ । 

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
    
‘यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ’, शोक वक्तव्यमा भनिएको छ । 

पार्टी सभापति रवि लामिछानेले दाहालको निधन भएको खबरले स्तब्ध बनाएको भन्दै यस दुःखद् घडीमा उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १२:२८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया