सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधवार बिहान ८:३३ बजे निधन भएको हो । 

आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उहाँले स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको बताइन् ।

उनले भनिन्, ‘२०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्ष लगायतका सबै खाले आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र संर्घषमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । र दोस्रो निर्णयको रूपमा दिवंगत सीता दाहालको अन्त्यष्टीको समयमा राजकीय सम्मान स्वरूप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ ।’


मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ । 





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १३:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया