राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र छोरीहरू रेणु र गंगाले दागबत्ती दिए ।  

प्रचण्डले ६ वर्षअघि पशुपति आर्यघाटमा छोरा प्रकाशलाई पनि दागबत्ती दिएका थिए । दाहसंस्कारअघि ब्रह्मनालमा राखिएकी सीतालाई  प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगरले श्रद्धाञ्जली दिएका थिए ।

त्यस्तै, नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।  

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झण्डा ओढाइएको थियो । 

सीताको आज बिहान ८ः३३ बजे निधन भएको थियो ।  






  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १६:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया