प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।
सीताको पार्थिक शरीरलाई प्रधानमन्त्री प्रचण्डका साथै छोरीहरू रेणु र गङ्गा दाहालले दागबत्ती दिए ।
आज बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति थियो । त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।
तस्बिरमा सीता दाहालकाे अन्त्येष्टि :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।