नेपाली राजनीतिमा सीता दाहालको योगदान अविस्मरणीय : झलनाथ खनाल
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालले ३० को दशकदेखि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँको निधनको खबरले स्तब्ध तुल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकको राजनीतिक विकासक्रममा दिवङ्गत दाहालले पुर्याएको योगदानको इतिहासमा अविस्मरणीय रहने नेता खनालले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ । नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो ।  





  • प्रकाशित मिति : असार २७, २०८० बुधबार १९:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया